पोखरा, १६ बैशाख २०८१/
बागलुङको धौलागिरि अस्पताल ब्यबस्थापन समिति सदस्य कृष्णशंकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रविरञ्जन प्रधानलाई अभद्र ब्यबहार गरेको आरोपमा अस्पताल ब्यबस्थापन समिति सदस्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
डा प्रधानले अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफुलाई कार्यकक्षमै हातपातको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै प्रशासनमा उजुररी गरेका थिए । डा प्रधानले दिएको निवेदनका आधारमा श्रेष्ठलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
सोधपुछका लागि भन्दै श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। श्रेष्ठले भने बिना पक्राउ पुर्जी आफुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको प्रतिक्रिया दिएका छन् ।