पोखरा, १४ बैशाख २०८१/
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५प ५४८४ नंम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका-३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पोखरेलले बताए । सोही
दुर्घटनामा परेर गम्भीर घाइते भएका गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी पाल्पामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।