पोखरामा बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक पांच दिनपछि पक्राउ

पोखरामा बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक पांच दिनपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ बैशाख २०८१
  • 10.1K
    Shares

पोखरा, १२ बैशाख २०८१/

पोखरामा बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक पांच दिनपछि पक्राउ परेका छन्।

गरको बैशाख ७ गते बेलुका साढे छ बजे पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक स्थित पृथ्बीराजमार्गको सडक खण्डमा पैदल हिडिरहेका म्याग्दीको बेनी नगरपालिका वडा नं.३ स्थायी घर भई हाल पोखरा २९ भण्डारढिकमा बस्दै आएका आठ वर्षीय बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकलल्लाई प्रहरीले पक्राउ गरेको हो।

उक्त दिन ती बालकलाई ठक्कर दिएर भागेको ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकल तथा त्यस मोटरसाइकलका चालक बागलुङको काठेखोला गाउपालिका वडा नं. ३ धम्जा स्थायी घर भई हाल पोखरा २७ तालचोक बस्ने बर्ष २५ को दिल बहादुर आलेलाई आज दिउसो करीब साढे चा बजेको समयमा तालचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए।

अभियुक्त आलेबिरुद्ध इलाका प्रहरी कार्यालय डाँडाँकोनाकबाट थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार