पोखरामा बसले स्कुटरलाई ठक्कर दिंदा खुशीको मृत्यु, दिपिका घाइते

पोखरामा बसले स्कुटरलाई ठक्कर दिंदा खुशीको मृत्यु, दिपिका घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ बैशाख २०८१
  • 14.2K
    Shares

पोखरा, १२ बैशाख २०८१/

पोखरामा गएराति बसले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा १९ वर्षीया युवतीको मृत्यु भएको हो।

पोखरा महानगरपालिका १४ चाउथे नयाँ एयरपोर्टकाे गेट अगाडि मंगलबार राती अन्दाजी ८ बजेको समयामा भएको उक्त दुर्घटनामा परेर पोखरा १४ खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरेर उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकी पठाइएकोमा चेकजाचकाे क्रममा राती २०:३५ बजे मृत घाेषणा गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोही दुर्घटनामा गम्भीर घाइते रहेकी स्कुटर चालक पोखरा ८ सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए। घाइते गुरुङको अवस्था मध्यम छ ।

प्रहरीले बस र चालक सिन्धुपाल्चोक जिल्ला चाैतरा साघुचाेक गढी नपा.-१३ बस्ने ३९ वर्षकाे विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार