इलाममा जीप दुर्घटना : १४ जना घाइते, सातको अवस्था गम्भीर (नामावलीसहित)

इलाममा जीप दुर्घटना : १४ जना घाइते, सातको अवस्था गम्भीर (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० बैशाख २०८१
  • 5.1K
    Shares

पोखरा, १० बैशाख २०८१/

ताप्लेजुङदेखि झापा जाँदै गरेको एउटा जिप आइतबार दुर्घटनाग्रस्त हुँदा १४ जना घाइते भएका छन्। मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डअन्तर्गत पर्ने पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा मे १ ज १९४७ नम्वरको जीप दुर्घटनाग्रस्त भएको हो। उक्त दुर्घटनामा परी घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

जीप दुर्घटनामा परेका घाइतेहरुमा उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर ६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी रहेका छन् ।

त्यसैगरी ताप्लेजुङ फुङलिङ ३ की कमला रसाइली, उनकी छोरी तुलसा रसाइली र ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-२ का झरेन्द्र थापालाई थप उपचारका लागि झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जीप अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार