पोखरा, १० बैशाख २०८१/
पोखरा ल्याउदै गरेको अबैध लागू औषध तीन किलो गाँजासहित तनहुँबाट एक जना युवा पक्राउ पक्राउ परेका छन्।
नुवाकोटको ककनी गाउँपालिका-६ रानी पौवाका बर्ष २७ ईन्द्र लामा अबैध लागू औषध तीन किलो गाँजासहित तनहुँबाट पक्राउ परेका हुन्।
मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -४ मा चेकजाँच गर्ने क्रममा कालो झोला भित्र प्लाष्टिक बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणमा अवैध लागू औषध गाँजा सहित लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।