पाँचथरमा जीप दुर्घटना : पाथिभरा दर्शन गरेर फर्किएका एकै परिवारका १३ सहित १४ जना घाइते

पाँचथरमा जीप दुर्घटना : पाथिभरा दर्शन गरेर फर्किएका एकै परिवारका १३ सहित १४ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ बैशाख २०८१
  • 5.5K
    Shares

पोखरा, ९ बैशाख २०८१/

पाँचथरमा आज दिउसो जीप दुर्घटना हुँदा प्रसिद्ध पाथिभरा माईको दर्शन गरेर फर्किएका एकै परिवारका १३ सहित १४ जना घाइते घाइते भएका छन्।

पाथिभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा मे १ ज १९४७ टाटाको सुमो आइतबार बिहान साढे १० बजे पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा जीप चालक उदयपुरको त्रियुगा नगरपालिकाका प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला–२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर–६ की वन्दना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ–३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइली घाईते भएका छन्।

उनीहरूको तत्काल उद्धार गरी उपचारका पाँचथर अस्पताल लगिएको र ती मध्ये गम्भिर घाईते भएका ९ जनालाई थप उपचारका लागि झापा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले बताए।

सडकबाट ५० मिटर तल खसेको जीप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया
सम्बन्धित समाचार