पोखराको लेकसाइडबाट दिउसै स्कुटर चोर्दा चोर्दै एक जना युवा पक्राउ

पोखराको लेकसाइडबाट दिउसै स्कुटर चोर्दा चोर्दै एक जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ बैशाख २०८१
  • 16.1K
    Shares

पोखराको लेकसाइडबाट स्कुटर चोर्दा चोर्दै पक्राउ परेका युवा गुल्मी मदानेका दिपक सुनार

पोखरा, ९ बैशाख २०८१/

पोखराको लेकसाइडबाट दिउसै स्कुटर चोर्दा चोर्दै एक जना युवा पक्राउ परेका छन्। गुल्मीको मदाने गाउपालिका वडा नं.३ घर भई हाल पोखरा ९ नयाँबजार बस्ने बर्ष ३४ को दिपक सुनारलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।

अभियुक्त सुनारले आज दिउसो पौने पांच बजेको समयमा पोखरा लेकसाइडस्थित CLUB CATWALK अगाडी पार्किङ गरी राखेको ग १० प ४४१२ नं. को स्कुटर चोरी गर्दै गरेको अवस्थामा CRV हल्लनचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त सुनारबिरुद्ध वडा प्रहरी कार्यालय बैदाम पोखराले कास्की जिल्ला अदालतमा चोरी सम्बन्धी मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि सात) दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार