पोखरा, ८ बैशाख २०८१/
म्याग्दीमा एउटा ट्रिपर दुर्घटना हुँदा एक जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। तुन्दी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनको लु २ ख ६११२ नम्बरको टिपर म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा दुर्घटना हुँदा एक जना मजदुरको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा उक्त ट्रिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर दाङ घर भएका ४० वर्षीय मजदुर बीर बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उनले सवारी साधन र निर्माण उपकरणको मर्मत गर्ने कार्य गर्ने गरेको बताइएको छ।
सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक कमल श्रेष्ठ, सहचालक राहुल्सिंह ठकुरीलाई थप उपचारका लागि पोखरा लगिएको र सामान्य घाइते सब-इन्जिनियर भुवन कार्कीको स्थानीय चिमखोला स्वास्थ्य चौकीमा भैरहेको छ।
दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धारगरेका प्राप्त समाचारमा जनाइएको छ।