राजमार्गमा सवारी चेकिङ गरिरहेका ट्राफिक प्रहरीलाई लात्तिमुक्का हान्ने युवा पोखराबाट पक्राउ

राजमार्गमा सवारी चेकिङ गरिरहेका ट्राफिक प्रहरीलाई लात्तिमुक्का हान्ने युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ बैशाख २०८१
  • 25.1K
    Shares

पोखरा, ७ बैशाख २०८१/

पोखरा बाग्लुङ राजमार्गमा चेकिङ गरिरहेका ट्राफिक प्रहरीलाई लात्ती-मुक्का हान्ने एक जना स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा बाग्लुङ सडकको पोखरा वडा नं. २ फिर्केपुलमा राजमार्ग सुरक्षा संयुक्त चेकिङ ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई विहीबार साँझ लात्ती-मुक्का हानेको आरोपमा प्रहरीले बागलुङ जैमिनी १ घर भई पोखरा १० बस्दै आएका ३५ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पोखराको पर्स्याङतर्फबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग १३ प ८७२ नम्बरको स्कुटर लापरवाही तबरले आइरहेको देखे पछि रोकेर चेक जांच गर्दा स्कुटर चालक रामबहादुर थापाले मादक पदार्थ पिएको देखिएको र ट्राफिक नियम अनुसार कारवाही गर्ने क्रममा थापा प्रहरीमाथि जाइलागेको कास्की ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार ड्युटीमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक भिम बहादुर रानाभाट, प्रहरी हवल्दार लिलाधर सुवेदी र प्रहरी सहायक हवल्दार कश्मीर सिंह साउदसंग अनावश्यक वादविवाद गरी अभद्र व्यवहार देखाई प्रहरी कर्मचारीहरुलाई धकेला धकेल गरी प्रहरी हवल्दार लिलाधर सुवेदीलाई हात मुक्का लात्ती समेत प्रहार गरेका हुन् ।

थापालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत (अभद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार