पोखरा, ४ बैशाख २०८१/
अघिपछि पोखराका चोक-चोकहरुमा सवारी साधन चेकजांच गरिरहने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सोमबार फेवातालका डुङ्गाचालकहरुको मादक पदार्थ स्वान गरे-नगरेको जांच गरेको छ। सोही क्रममा एक जना डुङ्गा चालक मदिरा सेवन गरेर डुङ्गा चलाएको भेटिए पछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा सोमबार फेवातालाका २५ जना डुङ्गाचालकहरुको मादक पदार्थ सेवन परिक्षण गरिएकोमा एक जनाले मदिरा सेवन गरेको पाइए पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
मौसमको खराबी तथा हावाहुरीको कारणबाट हुनसक्ने सम्भावित दुर्घटना, लाइफ ज्याकेटको सही प्रयोग, अपनाउनुपर्ने सावधानीका उपायबारे चालकलाई जानकारी दिने क्रममा मादक पदार्थ जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले दाबी गरे।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार हरेक वर्ष प्रहरीले डुंगा चालकहरुलाई सुरक्षासम्बन्धी प्रशिक्षण दिँदै आएको छ।
पोखराको फेवाताल नौका विहारको लागि प्रख्यात छ। यहाँका विभिन्न घाटबाट दैनिक करिब ३ सयभन्दा बढी डुंगाहरु संचालन हुन्छन्।