पोखरा, ४ बैशाख २०८१/
नक्कली सुनलाई सक्कली भन्दै बिक्री गरेको आरोपमा प्रहरीले झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै बिक्री गरेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार बिर्तामोड-५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको हो । झापाको बुद्धशान्ति गाउँपालिका-२ कि ४५ वर्षीया सविता सिटौलालाई अभियुक्त गिरीले सक्कली सुन भन्दै ६० लाख रुपियाँ बराबरको नक्कली सुन बिक्री गरेको आरोप लगाइएको छ।
गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए। सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् ।