पोखरा, ३ बैशाख २०८१/
बिना इजाजत माटो ओसारपसार गर्ने कार्यमा संलग्न चार वटा ट्रिपरलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ। फेवातालको माथिल्लो भाग पामेबाट राष्ट्रबैक चोक तर्फ बिना इजाजत माटो बोकेर आएका चार वटा ट्रिपरहरुलाई प्रहरीले कानूनी कारबाहीका लागि नियन्त्रणमा लिएको हो।
वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले अबैध रुपमा माटो ओसारपसार गरिरहेका ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं. को ट्रिपरहरुलाई पोखराको राष्ट्रन्बैंकचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
ती चार वटै ट्रिपरहरुलाई आबश्यक कानूनी कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।