खरले छाएको घरमा आगलागी हुँदा अछाममा दुई जना नाबालकको मृत्यु

खरले छाएको घरमा आगलागी हुँदा अछाममा दुई जना नाबालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ बैशाख २०८१
  • 5.8K
    Shares

खरले छाएको घरमा आगलागी

पोखरा, ३ बैशाख २०८१/

अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा ६ षोडशामा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परि मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिए ।

वडाध्यक्ष कडायतका अनुसार सोमवार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परि ती नाबालकको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धानका लागी मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र बहादुर खड्काको नेतृत्वमा टोली खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार