श्रीमानको कुटाइबाट गम्भीर घाइते लमजुङकी उजेली गुरुङको पोखरामा मृत्यु

श्रीमानको कुटाइबाट गम्भीर घाइते लमजुङकी उजेली गुरुङको पोखरामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० चैत्र २०८०
  • 134.1K
    Shares

श्रीमानद्वारा कुटपिट

पोखरा, ३० चैत २०८०/

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी एक महिलाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेकी ४० वर्षिया उजेली गुरुङको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार, उनलाई गएको चैत २३ गते शुक्रबार राती राति १० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भइ हाल दुइपिप्ले बस्दै आएका उनकै श्रीमान सिताराम दासले बाँसको भाटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि गम्भीर घाइते उजेली गुरुङलाई पोखरास्थित गण्डकी मेडिकल कलेजको आइसीयुमा भर्ना गरेर उपचार भैरहेको थियो । उपचारको क्रममा बिहीबार बिहान १० बजेतिर उजेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरिक्षक थानेश्वर चपाईले जानकारी दिए ।

प्रहरीका अनुसार कामकाजको सिलसिलामा करीब २६ वर्ष अघि लमजुङ दुईपिप्लेमा आएका दासले तनहुँको व्यास नगपालिका–८ बर्लाछीकी उजेली गुरुङसँग विवाह गरी संगै बस्दै आएका थिए ।

घरमा नबसी अन्यत्र डुल्ने र बस्ने गरेका दासले उक्त राती घरमा आएर श्रीमतीमाथि अन्धाधुन्ध बाँसको भाटा प्रयोग गरेर कुटपिट गरेका थिए । कुटपिटबाट उजेलीको टाउको, ढाड लगायत विभिन्न भागमा गम्भिर चोट देखिएपछि उपचारको लागि सोहि राती पोखरा लगिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दासलाई २४ गते नै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको थियो । सुरुमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य अघि बढाइएकोमा घाइतेको मृत्यु भएपछि दासमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरी निरिक्षक चपाईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार