पोखरा, ३० चैत २०८०/
पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा सुईखेतमा बिहिबार बिहानै भएको दुर्घटनाग्रस्त बस सहचालकले चलाएको खुलेको छ। सात जना यात्रु घाइते हुने गरी शुक्रबार बिहानै करीब तीन बजेको समयमा दुर्घटनाग्रस्त ग २ ख १६३० नं.को बस सहचालकले चलाएको खुलेको हो।
दुर्घटना पश्चात पक्राउ परेका बसका चालक म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३२ को राजकुमार गैरेले त्यतिबेला बस सहचालकले चलाएको खुलाए पछि सहचालक म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ तातोपानी निवासी २५ वर्षीय बिनोद दर्जीलाइ प्रहरीले पक्राउ गरेको छ।
दुर्घटनामा परेर घाइते भै साविक पश्चिम क्षेत्रीय अस्पतालमा हाल पोखरा स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारत बसका सह-चालक बिनोद दर्जीको उपचार पछि सहचालक दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सहचालक दर्जीलाई हाल वडा प्रहरी कार्यलय बगरको हिरासतमा राखिएको प्राप्त जानकारीमा उल्लेख छ। बस चालक राजकुमार गैरेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको उक्त बस सुईखेतमा अनियन्त्रित भएर सडकको बाँया साईडमा पल्टिएर दुर्घटनाग्रस्त भएको प्रहरीले दाबी गरेको छ।
उक्त दुर्घटनामा परेर घाइते भएका आठ जना मध्ये दुई जनाको अझै उपचार जारी रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार, म्याग्दीको मालिका गाउँपालिका १ दरवाङ् बस्ने बर्ष ७२ को नर
बहादुर पुन र म्याग्दी बेनी नगरपालिका वडा ७ मंगलघाट बस्ने बर्ष ६१ को टेकबहादुर कार्कीको बेनी अस्पतालमा उपचार भैरहेको छ।
दुर्घटनामा परेर भएका घाइतेहरु
1) जि. बागलुङ तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने बर्ष २५
की रीता घर्ती, उपचार पश्चात ऐ.१३:०० बजे डिस्चार्ज भएकी ।
2) जि. म्याग्दी मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने बर्ष ३०
को भिम कुमार बुढा, ऐ. ११:५० बजे डिस्चार्ज भएको ।
3) ऐ.ऐ. बस्ने बर्ष २७ की निर्मला फगामी, ऐ. १३:०० बजे डिस्चार्ज
भएकी ।
4) ऐ.ऐ. बस्ने बर्ष बर्ष ६ को निश्चल फगामी, ऐ. १४:१० बजे डिस्चार्ज
भएको ।
5) ऐ.ऐ. बस्ने बर्ष ४६ की सुमित्रा फगामी, ऐ. १४:१० बजे डिस्चार्ज
भएकी ।
6) ऐ.ऐ. बस्ने बर्ष ६५ की कृष्ण कुमारी पुन, ऐ. ११:५० बजे डिस्चार्ज
भएकी ।
7) जिल्ला म्याग्दी मालिका गाउँपालिका १ दरवाङ् बस्ने बर्ष ७२ को नर
बहादुर पुन, अवस्था मध्यम, उपचार भईरहेको ।
8) जिल्ला म्याग्दी बेनी न.पा. ७ मंगलघाट बस्ने बर्ष ६१ को टेक ब.
कार्की, अवस्था सामान्य, बेनी अस्पताल, म्याग्दीमा उपचार भई रहेको
।