डुंगा दुर्घटनामा फेवातालमा खसेकी काठमाण्डौकी देबकोटाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

डुंगा दुर्घटनामा फेवातालमा खसेकी काठमाण्डौकी देबकोटाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ चैत्र २०८०
  • 41.7K
    Shares

डुंगा दुर्घटनामा फेवातालमा खसेकी काठमाडौंको सामाखुसी निवासी २५ वर्षीया अग्नि देवकोटाको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा, २९ चैत २०८०/

फेवातालमा भएको डुंगा दुर्घटनामा परेकी एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बिहिबार दिउसो फेवातालमा डुंगा पल्टिएर तालमा खसेकी काठमाडौं महानगरपालिका-१७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।

देबकोटा तालमा खसेको देख्नासाथ बाराहीघाटस्थित रेस्क्यु वाच टावरमा खटिएको टोलीले उनलाई उद्धार गरी किनारमा ल्याएको ससश्त्र प्रहरी कार्यालय कालिका गण पोखराले जानकारी दिएको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार