पोखरा, २८ चैत २०८०/
कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व वरिष्ठ हवल्दार मृत अवस्थामा भेटिएका छन्। मंगलवार सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट वेदकोट नगरपालिका–४ स्थित आफ्नै घरमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए ।हालै भारतबाट फर्किएका उनी मंगलवार मृत फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।