पोखराको लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन स्थानीय प्रशासनको निर्देशन

पोखराको लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन स्थानीय प्रशासनको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ चैत्र २०८०
  • 12.7K
    Shares

पोखरा, २७ चैत २०८०/

पोखरा महानगरपालिका वडा नम्बर १ हरिचोकस्थित लान्द्रुक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका घरटहराहरू सात दिन भित्र हटाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ। हरिचोकमा बिस्तार भैरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको अनुगमन गर्न पुगेको टोलीमा सहभागी कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक मापदण्ड भित्र परेका हरिचोकस्थित लान्द्रुक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका घरटहराहरू एक हप्ताभित्र हटाउन निर्देशन दिएका हुन् ।

उक्त अनुगमन टोलीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान, वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिकहरू, निर्माण व्यवसायी र स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।

विस्तारको काम भइरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू समेत यथाशीघ्र हटाउन निर्देशन गरिएको छ । सडकको मापदण्डभित्र परेका घरटहरा समयमै नहटाइंदा सडक निर्माणको कार्य विलम्ब हुने र विभिन्न अवरोधहरू सृजना हुने भएकाले त्यस प्रकार निययविपरितका संरचनाहरू तत्काल हटाउन निर्देशन गरिएको वडा अध्यक्ष साहारा प्रधान र दिवसमान प्रधानाङ्गले बताएका छन् । यस सम्बन्धमा स्थानीयहरूसँग विभिन्न चरणमा छलफल तथा संवादहरू गरिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार