पोखरा, ६ चैत २०८०/
मोरङमा सिटिजन्स बैंकका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन्। विराटनगर महानगरपालिका- ९ कलेज रोडमा रहेको एक होटलमा क्षितिज घिमिरे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
सोमबारदेखि सम्पर्कबिहीन रहेका विराटनगर- ८ मधुमारा घर भएका घिमिरेको खोजीका लागि परिवारले प्रहरीसमक्ष निवेदनसमेत दिएका थिए। मंगलबार बिहान घिमिरेको शव होटल रोयल किचेनको कोठा नम्बर १०९ मा फेला परेकाे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।