पोखरा, ६ चैत २०८०/
ललितपुरस्थित मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्या गरेर बेपत्ता रहेकी एक महिला १६ वर्षपछी पक्राउ परेकी छिन।
२०६४ असार २६ गते आफ्नो भाइ लगायतका युवाहरु लगाएर प्राध्यापक विष्टलाई ललितपुरको शंखमुलमा कुटाएकी ४१ वर्षीय सविता थापा अधिकारी बिष्टको उपचारका क्रममा मृत्यु भए पछि बेपत्ता रहेकी थिइन्। बिष्ट हत्याको मुख्य योजनाकार ठानिएकी सवितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको प्राप्त समाचारमा जनाइएको छ ।
तात्कालिन अवस्थामा मिनभवन क्याम्पसमा भर्ना भएपनि कक्षा लिन पाटन क्याम्पस जाने गरेकी सविता थापा अधिकारीले स्नातक तहको थेसिस बुझाउउन जाँदा प्राध्यापक विष्टले जिस्काएको भन्दै आफ्नो भाई बिनोद थापा लगायतका युवाहरुको समूह लगाएर कुटपिट गराएको प्रहरीले दाबी गरेको छ। कुटपिटबाट सख्त घाइते भएका प्राध्यापक बिष्टको पछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
प्राध्यापक बिष्टको हत्या आरोपमा दोषी ठहर भए पछि अदालतको आदेश बमोजिम सविता थापा अधिकारीका भाइ बिनोद थापा १० वर्ष जेल सजायं भुक्तान गरेर गत वर्ष जेलमुक्त भैसकेका छन्। भाई बिनोद थापा छुटिसकेको अवस्थामा अब प्राध्यापक बिष्टको हत्याको मुख्य योजनाकार सबिता थापा अधिकारीले पनि अदालतले तोकेको जेल सजायं भोग्नेछिन्।