पोखराको मासवारमा दिउसै कोठा फोरेर २१ तोला सुन र डेढ लाख चोरी

पोखराको मासवारमा दिउसै कोठा फोरेर २१ तोला सुन र डेढ लाख चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ फाल्गुन २०७३
  • 11.7K
    Shares

पोखराको मासवारमा दिउसै कोठाको ताला फोरेर नगद सहित लाखौ मुल्यका गरगहना चोरी भएको छ । शुक्रवार दिउसो मासवार स्थित कृष्ण प्रसाद पौडेलको घरमा डेरा गरी बस्ने कृष्ण बरालको कोठामा लगाएको ताला फोरी गरगहना र नगद चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरालको कोठाबाट डेढ लाख नगद र झण्डै २१ तेला भन्दा बढी सुन चोरी भएको हो । उनको कोठाबाट नगद एक लाख ५० हजार रुपैया, साढे ८ तोला बराबर २ थान सुनको हार, पाँच तोलाको सुनको सिक्री, २ तोला बराबरको एउटा सुनको चुरी , सुनको सिरबन्दी र चन्द्रमा अर्को २ तोलाको सुनको सिक्री र २ तोला बराबरको दुई वटा औठी चोरी भएको प्रहरीले जनाएको छ ।

२६ बर्षीय बराल पोखराको पुम्दीभुम्दी घर भई पोखरा ७ मासबारमा डेरा गरी बसेका थिए । चोरी गर्ने ब्यक्ति फेला नपरेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया