पूर्व राष्ट्रपति डा. यादव उपस्थित कार्यक्रममा गोरखापत्र दैनिकका पोखरा समाचारदाता अधिकारीमाथि आयोजकद्वारा दुर्ब्यबहार

पूर्व राष्ट्रपति डा. यादव उपस्थित कार्यक्रममा गोरखापत्र दैनिकका पोखरा समाचारदाता अधिकारीमाथि आयोजकद्वारा दुर्ब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ असोज २०८०
  • 2.8K
    Shares

फडिन्द्र अकिञ्चन

गोरखापत्र दैनिकका पोखरा समाचारदाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुर्ब्यबहार गरेका छन् ।

पोखरा सभागृहमा बुधबार भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रमको आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुर्ब्यबहार गरेका हुन् ।

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत बालवालिकाको विषयमा जिज्ञासा राख्दा आफूमाथि सञ्चालक प्रतीकले दुर्ब्यबहार गरेको पिडित पत्रकार अधिकारीले जानकारी दिएका छन्।

अधिकारीले गएको मध्यराती एउटा फेसबुक स्टाटस राख्दै आफूमाथि दुर्ब्यबहार हुनुको कारण खुलाएका च्ध्हन। उनले आफ्नो स्टाटसमा “बिहान परीक्षा दिएका बालबालिकालाई दिनभर सांस्कृतिक कार्यक्रममा राख्ने, नाचगान गर्न लगाउने गर्दा अर्काे दिन कसरी परीक्षा देलान् भन्ने प्रश्न गर्दा आयोजकलाई नपचेको” खुलाउदै “पूर्वराष्ट्रपति, मेयर, पूर्व मुख्यमन्त्रीसँग सम्बन्ध भएको, कार्यक्रम गरिमामय भएको भन्दै ठीक लगाइदिने धम्की दिइरहेको” बताएका छन् ।

उनले आफ्नो स्टाटसमा “स्कूलका शिक्षकले पनि आफ्नै कार्यक्रम हो भनिरहे । होइन, संस्थापक सम्मानित भए भने परीक्षा पनि छाडेर विद्यार्थीले ताली बजाइदिनुपर्ने” भन्दै “कता जाँदै छौं हामी ? हामीले बनाउन खोजेको समाज यस्तै हो ?” भनेर प्रश्न गरेका छन्।

यसैबीच उक्त घटनालाई पत्रकार महासंघ गण्डकीले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षपका भएको ठहर गरेको छ । समाधान मिडिया प्रालि र पत्रकार महासंघ गण्डकीले दुव्र्यवहार गर्ने मिलनलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । साथै, समाचार संकलन, प्रकाशन एवं प्रशारण गर्ने अधिकार निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गभीर ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार