आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै चेक दिने एक व्यक्ति गोरखामा पक्राउ परेका छन्। आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै चेक दिएको आरोपमा जिल्लाको भिमसेन थापा गाउँपालिका–६ अश्राकङ निवासी ४२ बर्षका नारायण परिवारलाई उनको गोरखा नगरपालिका–६ मा रहेको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार, परियारले गोरखा नगरपालिका–५ पस्लाङ स्वाराँ निवासी सोहन रोक्का संग सापटी लिएका थिए । परियारले रोक्कालाई सापटी लिएको पांच लाख ८५ हजारको चेक दिएता पनि पटक पटक सटही नभए पछि प्रहरीमा उजुरी दिएका थिए ।
परियारले रोक्कालाई मुक्तिनाथ बिकास बैंक लिमिटेडको चेक दिएको गोरखा प्रहरीले जानकारी दिएको छ । खातामा पर्याप्त रकम नभएको जानकारी हुदा हुदै पनि चेक दिएको आरोपमा प्रहरीले परियारलाई असोज १९ गते शुक्रबार उनकै घरबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका परियारलाइ आज गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको जनाएको छ ।