रक्सी खाएर यात्रुबाहक बस चलाउने पोखराका तामाङ बागलुङमा पक्राउ

रक्सी खाएर यात्रुबाहक बस चलाउने पोखराका तामाङ बागलुङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ असोज २०८०
  • 1.9K
    Shares

मादक पदार्थ सेवन गरी बस चलाएको आरोपमा पक्राउ परेका बसचालक गमबहादुर तामाङ

मादक पदार्थ रक्सी खाएर सवारी चलाएको आरोपमा प्रहरीले बागलुङबात एक जना चालकलाई पक्राउ गरेको छ। ग ख ९६७३ नम्बरको यात्रुबाहक बसका चालक पोखरा महानगरपालिका वडा नम्बर ८ निवासी ५७ वर्षीय गमबहादुर तामाङलाइ प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार, तामाङले चलाएको उक्त बस आज बिहान करीब पौने नौ बजेको समयमा बागलुङको बागलुङ कालिका मन्दिर नजिकको नालीमा पल्टिएर दुर्घटनाग्रस्त भएको थियो। बस दुर्घटना भए पछि चालक तामाङलाई नियन्त्रणमा लिएर स्वास्थ्य जांच गर्दा मादक पदार्थ स वन गरेको पुष्टि भएपछी प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको प्राप्त समाचारमा जनाइएको छ।

चालक तामाङबिरुद्ध अभद्र ब्यबहार सम्बन्धि मुद्दा दर्ता भै अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता डिएसपी मदन केसीले जानकारी दिए।

\

प्रतिक्रिया
सम्बन्धित समाचार