पोखराको वाटुलेचौरस्थित कालिका मन्दिरमा बडादशैं भर दुर्गापूजा हुने

पोखराको वाटुलेचौरस्थित कालिका मन्दिरमा बडादशैं भर दुर्गापूजा हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ असोज २०८०
  • 2.5K
    Shares

पोखरा १६ वाटुलेचौरको कालिका मन्दिर

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित कालिका मन्दिरमा बिगतमा जस्तो यस पाली पनि वडादशैंको अवसरमा नवदुर्गा पुजा तथा आरती गरिने भएको छ ।

हिमालय क्लवको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते वडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पुजा गरिने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिए।

वाईसी चौविसे राजाका पालादेखि नै हुादै आएको पुजालाई व्यवस्थीत रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पुजा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

पूजा अन्तरगत घटस्थापनाको दिनदेखि दशमीसम्म विहान नित्य पूजा, चण्डीपाठ र घटस्थापनाको दिन साँझ सन्ध्याकालिन महाआरती, १०८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ ।

दशैंको साास्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाा पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक थापाले वताए।

क्लबका सचिव शिवराज देवकोटाले पूजाको तयारी तीब्र रुपमा भैरहेको जानकारी दिंदै पूजा सम्पन्न गर्न बाटुलेचौरस्थित विभिन्न संघ-संस्था र समुदायसंग सहकार्य गर्ने काम भैरहेको बताए।

फुलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने वताईएको छ । नियमित रुपमा पूजाआजा हुने भएता पनि नवदुर्गा भर विशेष पूजा अर्चना हुने र महाअष्टमीको साझा दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पुजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिए। विशेष दुर्गा पुजा दशैं अवधिभर विहान र सााझमा नियमित हुने वताईएको छ ।

हिमालय क्लवको संयोजनमा हुने दुर्गा पुजामा शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवाः खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागी महिला एकल महिला समुह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लवले वनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार