तनहुँमा ११ वर्षीया बालिका वलात्कृत, कर्ण बहादुर पक्राउ

तनहुँमा ११ वर्षीया बालिका वलात्कृत, कर्ण बहादुर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ असोज २०८०
  • 1.9K
    Shares

rape ,वलात्कार

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक युवक पक्राउ परेका छन् । भानु नगरपालिका-९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार