गुल्मीमा मोटरसाइकल चोरेर भागेका दुई जना युवा बागलुङमा पक्राउ परेका छन्। बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ निवासी २० वर्षीय लोकेश राना र गुल्मी जिल्लाको मालिका गाउपालिका वडा नम्बर ३ का १८ वर्षीय मदन भन्ने छब बहादुर घर्ती मगर चोरीको मोटरसाइकलसहित बागलुङबाट पक्राउ परेका हुन्।
उनीहरुले गएको असोज ४ गते राती १० बजे गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ४ का बिक्रम श्रेष्ठको लु५०प १०२५ नमबरको मोटरसाइकल र असोज ५ गते राती बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ निवासी बालकृष्ण केसीको लु३३प १५३२ को पल्सर मोटरसाइकल चोरेर भागेका बताइएको छ।
चोरीको मोटरसाइकलसहित बागलुङबाट पक्राउ परेका लोकेश राना र मदन भन्ने छब बहादुर घर्ती मगरबिरुद्ध जिल्ला अदालतमा चोरी सम्बन्धि मुद्दा दर्ता गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता डिएसपी मदन केसीले जानकारी दिए।
को पल्सर मोटरसाइकल बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ निवासी