पोखराबाट समातिए दुई जना लागूऔषधका डिलर सञ्चालक , चार हजार थान लागूऔषध र छलाख २३ हजार रुपियाँ नगद बरामद

पोखराबाट समातिए दुई जना लागूऔषधका डिलर सञ्चालक , चार हजार थान लागूऔषध र छलाख २३ हजार रुपियाँ नगद बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ असोज २०८०
  • 4.2K
    Shares

पोखराबाट पक्राउ परेका लागू औषधका डिलर सञ्चालक सन्तोष थापा र केशबहादुर गुरुङ

ठुलो मात्रामा नगद तथा लागू औषधसहित दुई जना डिलर सञ्चालकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. २ स्थायी घर भएका ३१ वर्षीय सन्तोष थापा र पाल्पाको माथगढी गाउँपालिका वडा नं. ३ का ४० वर्षीय केश बहादुर गुरुङलाई प्रहरीले उनीहरुको पोखरा १४ चाउथेस्थित डेराकोठाबाट करीब चार हजार थान बिभिन्न खालका लागू औषध र छ लाख ३२ हजार दुईसय १० रुपियाँ सहित पक्राउ गरेको हो।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी निरीक्षक विनोद श्रेष्ठ सहितको टोलीले गएको असोज ७ गते उनीहरुकै चाउथेस्थित डेराकोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, उनीहरुको डेराकोठाबाट डाईजेपाम एक हजार २०२ एम्पुल, फेनरागन एक हजार तीन सय ६१ एम्पुल, नुर्फिन एक हजार एकसय ३२ एम्पुल, गाँजा तीनसय ग्राम, COD-P लेखेको CODEING PHOSPHATE ९० ट्याव्लेट, लागू औषध डाइजेपाम, फेनरागन, नुर्फिन लेखेको लेवलिङहरू, सात थान मोबाइल र एउटा ट्यावलेट बरामद गरेको छ। त्यसको साथमा छ लाख ३२ हजार दुईसय १० रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

अभियुक्तद्वय थापा र कुमालबिरुद्ध लागू औषध मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको प्राप्त समाचारमा जनाइएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पोखरा १६ तल्लो दिप निवासी ४२ वर्षीय सन्तोष गुरुङ आफुले चलाई रहेको स्कुटरको भाईजरमा लुकाई छिपाई राखेको ठुलो मात्रामा लागू औषधसहित सहित पक्राउ परेका छन्। गएको असोज ७ गते पोखरा ८ संगम मार्गमा ग २१ प ४०२४ नम्बरको स्कुटरमा सवार सन्तोष गुरुङले स्कुटरको भाईजरमा लुकाई छिपाई राखेको अवैध लागू औषध डाईजेपाम एकसय १७ एम्पुल, फेनरागन एकसय १६ एम्पुल र नुर्फिन एकसय १७ एम्पुल गरी जम्मा तीन सय ५० एम्पुल लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार