दुई किलो अबैध लागू औषध गाँजासहित पोखराबाट एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती स्थायी घर भई हाल पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने बर्ष १९ को राजन बि.क.अबैध लागू औषध गाँजा दुई किलो एकसय १७० ग्राम सहित पक्राउ परेका हुन्।
बिकलाई ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बिहिबार साँझ पांच बजे लागू औषध गाँजा सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अभियुक्त बिक्बिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दा दर्ता भै आबश्यक अनुसन्धानका लागि आठ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।