स्याङ्जामा वौद्धिक अपांग भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ। ३२ वर्षीया ती वौद्धिक अपांग भएकी महिलामाथि गएको भदौ २० गते सामूहिक बलात्कार भएको हो ।
आफ्नै घरमा बसिरहेको अवस्थामा ती महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।