पोखराको नागबेली मार्गबाट लागू औषधसहित दुई युवा समातिए

पोखराको नागबेली मार्गबाट लागू औषधसहित दुई युवा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ भाद्र २०८०
  • 2.1K
    Shares

अबैध लागू औषधसहित पक्राउ परेका वाल आले र अरुण तामाङ

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित नागबेली मार्गबाट अबैध लागू औषधसहित दुई युवा समातिएका छन्। पोखरा १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र सिराहा घर भई हाल पोखरा ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङलाई कास्की प्रहरीले अबैध लागू औषधसहित समातेको हो।

उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

डिएसपी विकका अनुसार नागबेली मार्गमा लागूऔषध बिक्रीबितरण भईरहेको भन्ने सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदाम र रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार