अविरल वर्षासंगै आएको पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन नारायणगढ सडक खण्डकाे नाम्सि पुलमा पहिरोका कारण सडक अबरुद्ध भएको हो ।
पहिरो हटाउने कार्य भैसकेको सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वरी क्षेत्रीले जानकारी दिए । माथिबाट सुख्खा पहिरो खसिरहेकाेले पहिरो पन्छाउन करिब २ घण्टा जति लाग्ने अनुमान सडक डिभिजन कार्यालयले गरेको छ ।
