मृत्त भेटिए, गोरखा आँमडाडाँका ब्यापारी रेग्मी

मृत्त भेटिए, गोरखा आँमडाडाँका ब्यापारी रेग्मी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ भाद्र २०८०
  • 3.4K
    Shares

मृत्त भेटिएका गोरखा आँमडाडाँका ब्यापारी रेग्मी

गोर्खाको फुजेल आँमडाडाँका ब्यापारी ५० बर्षिय युवराज रेग्मी मृत भेटिएका छन्। भिमसेन थापागाउँपालिका–७ बोर्लाङ घर भई हाल गण्डकी गाउँपालिका–३ फुजेल आँमडाडाँमा ब्यापार ब्यबसाय गर्दै आएका रेग्मी शनिबार साँझपख गोरखा र धादिङ जोड्ने दर्बुङ पुल किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

श्रीमती संग झगडा भएपछी घरबाट ३ः३० बजे निस्किएका रेग्मीलाई खोजतलासका क्रममा ४ः४५ बजे धादिङ तर्फको दर्बुङ पुल किनारमा मृत अवसथामा भेटिएको प्रहरीले जानकारी दिएको छ। रेग्मीले पुलबाट हामफालेर आत्माहत्या गरेको हुन सक्ने अनुमान परिवार र छिमेकीले गरेका छन् ।

रेग्मीको शव कानूनी प्रकृया पुरा गरेर उनको परिवारलाई जिम्मा लगाईएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार