कञ्चनपुरमा लागुऔषधसहित एक सब–इन्जिनियर पक्राउ परेका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडकघाटबाट ९ दशमलव ४२ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका–३ का २५ वर्षीय हरिश रेग्मी शनिबार बिहान प्रहरी परेका हुन्।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइनजस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेका रेग्मी सडक डिभिजन कार्यालयका अछाम सब–इन्जिनियर हुन्। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।