लमजुङ र गोरखाको सिमा भएर बग्ने चेपे नदीमा बगेर १० वर्षीय बालक बेपत्ता भएका छन्। लमजुङको राइनास नगरपालिका–७ ठुलो बगैँचा घर भएका १२ वर्षीय युनिक चौलागाईं चेपे नदीमा बगेर बेपत्ता भएका हुन् ।
साथीहरूसँग पौडी खेल्न गएका उनी बुधबार अपराह्न देखि खोलाले बगाएर बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालक बेपत्ता भएपछि बुधबार बेलुका साढे ५ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बालकको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।