लमजुङमा ७६ बर्षीया बृद्धा वलात्कृत भएकी छिन्। भदौ १५ गते राती घरमा एक्लै सुतिरहेकी राइनास नगरपालिका–६की शारीरिक रूपमा अशक्त अवस्थाकी वृद्धा महिला वलात्कृत भएकी हुन।
बृद्धा महिला वलात्कार गरेको आरोपमा प्रहरीले राइनास नगरपालिका–६ बस्ने ५० बर्षीय बाबुराम सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले जानकारी दिएका छन् । आफू वलात्कृत भए पछि पिडित वृद्धाले हार गुहार गरे पश्चात सार्की घट्नास्थलबाट फरार भएकोमा प्रहरीले उनलाई जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ।
घट्नाबारे उजुरी पर्नासाथ तत्काल प्रहरी परिचालन गरी खोजतालास गर्दा बाबुरामलाई उनकै घरभन्दा केहि पर एकान्त जंगलमा भदौ १९ गते मंगलबार फेलापारी पक्राउ गरेको प्रहरी निरीक्षक सुवेदीले बताए ।
उनलाई भदौ २१ गते बिहिबार जिल्ला अदालत लमजुङबाट पांच दिनको म्याद थप गरी जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको उनले जानकारी दिए ।