म्याग्दी खोलामा ट्र्याक्टर खस्दा चालकको मृत्यु

म्याग्दी खोलामा ट्र्याक्टर खस्दा चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.8K
    Shares

म्याग्दी खोलामा खसेको ट्रयाक्टर निकाल्दै सशस्त्र प्रहरीको उद्धार टोली

म्याग्दी खोलामा बुधबार साँझ ट्र्याक्टर खस्दा चालकको मृत्यु भएको छ। म्याग्दीको बिमबाट दरवाङतर्फ जाँदै गरेको ग१त ७२०७ नम्बरको खाली ट्र्याक्टर मालिका गाउँपालिका-६ गोज्जास्थित म्याग्दी खोलामा खस्दा चालकको मृत्यु भएको हो।

उक्त ट्याक्टर दुर्घटनामा म्याग्दीको धवलागिरी गाउँपालिका-५ का अन्दाजी २५/२६ वर्षका सुसान विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहर्री कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ट्र्याक्टरसँगै म्याग्दी नदीमा खसेर डुबेका विश्वकर्माको शव सशस्त्र प्रहरीको आश्रित गुल्म गलेश्वर र नेपाल प्रहरीको टोलीले खोलाबाट निकालिएको डिएसपी कुँवरले बताए।

शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको र दुर्घटनाको अनुसन्धान जारी रहेको घटना स्थल पुगेका प्रहरी नायव उपरीक्षक कुँवरले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार