ठुलो मात्रामा लागूऔषधसहित पर्वतका तीन युवा पोखराबाट पक्राउ

ठुलो मात्रामा लागूऔषधसहित पर्वतका तीन युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.5K
    Shares

लागू औषध , drugs

ठुलो मात्रामा लागूऔषधसहित पर्वतका तीन युवा पोखराबाट पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोले ठुलो मात्रामा लागूऔषधसहित पर्वतका तीन युवा पोखराबाट पक्राउ परेका हुन्।

पर्वतको मोदी गाउँपालिका-८ घर भै हाल पोखरा महानगरपालिका ६ शान्तिपाटनस्थित मिठु भुजेलको घरमा भाडामा बस्ने २९ वर्षीय दिवश गुरुङ, २४ वर्षीय सबिन विक र २४ वर्षीय सोबित जिसीदुई दुइसय ४९ एम्पुल लागूऔषधसहित प्रकाउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको डेरा कोठाबाट डाईजापाम २४ एम्पुल, नुर्फिन ८३ एम्पुल र फेनारागन ८२ एम्पुल बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाउ परेका तीन युवालाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार