चितवनमा सुस्तमनस्थिति भएकी १५ वर्षीया बालिका वलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। माडी ९ बाँदरझुलाको सगरमाथा माविमा अध्यापनरत शिक्षक माडी ८ कृष्णनगरका शिक्षक ४२ वर्षीय हरिबहादुर हरिजनलाई सुस्त मनास्थितिकी बालिका वलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अभियुत्क हरिजनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले बालिका नबोल्ने भएकोले छानबिनमा समस्या परेको बताइन् । बालिका अहिले माईती नेपालमा आश्रय लिइरहेकी छन् ।