सिन्धुपाल्चोकमा एकाबिहानै जिप दुर्घटना : जिप चालक सहित दुई जनाको मृत्यु, चार जना घाइते

सिन्धुपाल्चोकमा एकाबिहानै जिप दुर्घटना : जिप चालक सहित दुई जनाको मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ भाद्र २०८०
  • 1.9K
    Shares

जिप दुर्घटना

सिन्धुपाल्चोकमा आज एकाबिहानै जिप दुर्घटना हुँदा दुई जनाको जिप चालक सहित दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना भएका छन्। दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परेर गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका–२ की ३७ वर्षीया संगिता बराईली, उनकी ८ वर्षीया छोरी युशा बराईली, रामेछापको गोकुलगंगा गाउँपालिका–१ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका–७ का १४ वर्षीय प्रमोद महर्जन घाइते छन् । उनीहरु चारैजनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको खाडीचौरमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार