बाथरुममा भरी राखिएको बाल्टिनको पानीमा डुबेर पाल्पामा एक वर्षीया बालिकाको मृत्यु

बाथरुममा भरी राखिएको बाल्टिनको पानीमा डुबेर पाल्पामा एक वर्षीया बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.8K
    Shares

बाथरुममा भरी राखिएको बाल्टिनको पानीमा डुबेर पाल्पामा एक वर्षीया बालिकाको बुधबार दिउँसो मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका २ घर भई बगनासकाली गाउँपालिका १ चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त शारुकी एक वर्षीया छोरी अंशिका सारुको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो।

बाल्टिनको पानीमा डुबेर गम्भीर अवस्थामा भेटिएकी ती बालिकालाई उपचारार्थ मिसन अस्पताल पाल्पा लगिएकोमा सोही अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार