नवलपरासीको बर्दघाटमा एकाबिहानै यात्रुवाहक बस दुर्घटना : सात जना घाइते

नवलपरासीको बर्दघाटमा एकाबिहानै यात्रुवाहक बस दुर्घटना : सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ भाद्र २०८०
  • 2.9K
    Shares

नवलपरासीको बर्डघाटमा दुर्घटनाग्रस्त बस

पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस बर्दघाटमा भएको दुर्घटनामा परेर सात जना यात्री घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । दुघर्टना भएको सवारी चालक फरार रहेकोर उनको खोजिकार्य भइरहेको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले बस अनियन्त्रित भै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार