पोखरामा दुई मोटरसाइकल एकापसमा ठोक्किंदा सशस्त्र प्रहरी जवान चौधरीसहित तीन जना घाइते

पोखरामा दुई मोटरसाइकल एकापसमा ठोक्किंदा सशस्त्र प्रहरी जवान चौधरीसहित तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ भाद्र २०८०
  • 5K
    Shares

पोखरामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा तीन जना घाइते भएका छन्। पोखरा-बाग्लुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङमा ग १२ प १०२८ को मोटरसाइकल र बा ७८ प ७५०३ नम्वर मोटरसाइकल आज दिउसो करीब सवा तीन बजेको समयमा एक आपसमा ठोक्किंदा तीन जना घाइते भएका हुन् ।

घाइते तीनै जनालाई उपचारार्थ पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटना पर्स्याङ पुल हुँदै गैह्रापाटन निस्कने भित्री सडकमा प्रवेश गर्ने क्रममा दुई मोटरसाइकल एक आपसमा ठोक्किएको स्थानिय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परेर ग १२ प १०२८ को मोटरसाइकल चालक माछापुच्छ्रे गाउपालिका १ करुवा बस्ने १७ वर्षीय निकेश तामाङ र सोही मोटरसाइकलको पछाडी बस्ने २३ वर्षीय शोभा मगर तथा बा ७८ प ७५०३ को मोटरसाइकल चालक दाङ घर भै हाल सशस्त्र प्रहरीको कालिका गण मालेपाटनमा कार्यरत प्रहरी जवान नरेश चौधरी घाइते भएका छन्। घाइते तीन जना मध्ये शोभा मगरको अवस्था अलिक जटिल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार