पर्वत जिल्ला सदरमुकाम कुश्मामा सडक दुर्घटनामा परेर घाइते भएका व्यक्तिको पहिचान नखुले पछि प्रहरीले फोटो सार्वजनिक गरेको छ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ६ साझा चोक नजिक यात्रुबहाक बसले बुधवार साँझ ठक्कर दिएर घाइते भएका पैदल यात्रुको पहिचान नखुले पछि प्रहरीले फोटो सार्वजनिक गरेको हो।
बागलुङको गल्कोटबाट काठमाण्डौ हिडेको लु २ ख २८५२ नम्बरको बसले ठक्कर दिएर घाइते भएका ती पैदल यात्रुको हाल पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
अन्दाजी ४५ बर्षिया पुरुष बसको ठक्करले घाईते भएका छन् । बसले ठक्कर दिएका यात्रुको विवरण अहिलेसम्म पनिे खुलेको छैन । गम्भिर चोट लागेका अपरिचित यात्रुलाइ उपचारका लागि पर्वत अस्पतालमा उपचार पछि पोखरा रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले घाइतेलाई चिनेको कोहि भए सम्पर्कमा आउन आग्रह गरेको छ ।