कास्कीको रुपामा मोटरसाइकल सडकबाट तल घुम्तीमा खस्दा दुई जनाको मृत्यु

कास्कीको रुपामा मोटरसाइकल सडकबाट तल घुम्तीमा खस्दा दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ भाद्र २०८०
  • 2.8K
    Shares

साँघुरो तर घुमाउरो सडक

कास्की जिल्लाको रुपा गाउँपालिकामा शनिबार दिउसो भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ५२०५ नम्बरको मोटर साइकल रुपा गाँउ पािलका ६ निगालझाँप्रा स्थित भित्री सडक खण्डमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो ।

उक्त मोटरसाईकल दुर्घटनामा परेर मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाँउ पालिका ६ बस्ने २९ बर्षिय कृष्ण गुरुङ र पछाडी सवार २४ बर्षिय अशोक गुरुङ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल सडकबाट करिब ९० मिटर तल घुम्तीमा खस्दा घाईते भएका उनीहरुलाई उद्धार गरी उपचारार्थ पोखरा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका वारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपा गाउपालिकाको सिमाना खोलाको छेउबाट करिब एकसय मिटर माथि वार्ड न ६ को ओरालो घुम्तीमा रुपा गाउँपालिकाको कार्यालय र रुपाकोट रिसोर्ट जाने यो सडक अत्यन्त ब्यस्त मान्ने गरिन्छ। त्यसमा पनि साँघुरा तर धेरै घुम्ती भएकाकारण यस सडकमा सानातिना अत्याधिक सडक दुर्घटना हुने गरेको बताइन्छ।

त्यस सडकमा कुनै किसिमको ट्राफिक सङ्केत ,ऐना,छेक बार नरहेको कारण पनि त्यस सडकमा अत्याधिक सडक दुर्घटना हुने गरेकाकारण सम्बन्धित निकायहरुको ध्यान जानु पर्ने स्थानीय बासिन्दाहरुको गुनासो छ।

प्रतिक्रिया
सम्बन्धित समाचार