कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिकास्थित सेती नदीको किनारमा एक जना महिलाको शब फेला परेको छ। सेती नदीमा नै बालुवा चाल्ने काम गर्दै आएकी कुसुम भन्ने देउमाया गुरुङ सेती नदीको किनारमा मृत भेटिएकी हुन्।
उनको शब सडे गलेको अवस्थामा नदी किनारमा रहेको दुई ढुंगाको बिचमा भेटिएको प्रहरीले जानकारी दिएको छ। बालुवा चाल्ने स्थानीय बासिन्दाले दुई ढुंगाको बिचमा घोप्टो परेको अवस्थामा शब देखे पछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीको उद्धार टोलीले उनको शबलाइ बाहिर निकालेको बताइएको छ। उनको शबलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएको प्राप्त जानकारीमा उल्लेख गरिएको छ।
उनी गएको साउन १३ गते साँझदेखि छोरीसहित बेपत्ता रहेकी थिइन्। कुसुमले आफ्नी पांच वर्षीया छोरीसहित सेती नदीमा हाम फालेको हुनसक्ने स्थानीय बासिन्दाहरुले बताएका छन्। तर उनको पांच वर्षीया छोरीको अझी अत्तोपत्तो छैन।