कुखुरालाई दाना दिने क्रममा पोखरामा करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु

कुखुरालाई दाना दिने क्रममा पोखरामा करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ साउन २०८०
  • 2.2K
    Shares

करेन्ट लागेर इधन भएकी पोखरा १८ गोठादीको मेनुका थापा बस्नेत

पोखरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १८, सराङकोटस्थित गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उनका श्रीमान् तथा नाबालक १ छोरा (११ वर्षे) र १ छोरी (७ वर्षे) रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार