पोखरामा साइकल यात्री सेती नदीमा खसेर बेपत्ता

पोखरामा साइकल यात्री सेती नदीमा खसेर बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ साउन २०८०
  • 3.4K
    Shares

सेती खोंच

पोखरामा एक जना साइकल यात्री सेती नदीमा खसेर बेपत्ता भएका छन् । बागलुङको बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ हाल  पोखरा –३३ बागमारा बस्ने साइकलयात्री भक्तबहादुर राना बागमाराबाट पटनेरीतिर आउँदै गर्दा बिहान पौने १० बजेतिर सेती नदीमा खसेर बेपत्ता भएका हुन्।

उनको खोजि कार्य इलाका प्रहरी कार्यालय शिशुवाले  शुरु गरेको छ भने उनले लगाएको  चप्पल पुलनजिकै भेटिएको र परिवारले पहिचान गरेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय शिशुवाले अहिले उनको खोजि गरिरहेको छ ।

राना सेती नदीमा खसेको जानकारी पछि खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन या हाम फालेका हुन भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले नै पहिचान गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार