काठमान्डौबाट औषधि भनेर पठाएको पार्शलमा बैतडी पुग्दा सात तोला सुन भेटिए पछि ….. ……….

काठमान्डौबाट औषधि भनेर पठाएको पार्शलमा बैतडी पुग्दा सात तोला सुन भेटिए पछि ….. ……….


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ साउन २०८०
  • 1.7K
    Shares

बैतडीमा बरामद भएको सुन

काठमाण्डौँ बाट दार्चुलाका लागि छुटेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसका स्टाफले आइताबार बिहान बैतडीको खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा रोकेर बैतडीको पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको भन्दै पर्शल छाडेर गए।  ड्युटीमा रहेका प्रहरीलाई पार्शलमा औषधि मात्र नभई अन्य चीज पनि हुन् सक्ने  शंकामा छामछुम गरे।

प्रहरीले छामछुम मात्र गरेनन्,  त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखे। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कमल प्रशाद चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त सुन नियन्त्रणमा लिएर आबश्यक अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय पाटनमा लागेको समाचार स्रोतले जानकारी दिएको छ ।

८३ ग्राम ५२० मिलिग्राम करिब ७ तोला अढाइ आना परिमाणको उक्त सुनको बिल समेत नरहेको पाइएपछि बरामद गरेर सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए ।

प्रहरीले सुन भेटिएको प्याकेटमा बिल नभेटिएको हुनाले वैधानिकता माथि संका गरेको बताइएको छ। तर दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र यसको बिल समेत रहेको बताएको पनि प्रहरीले बताएको छ । तर सुनसँगै बिल नभएको र फोनबाटै बिल रहेको जानकारी मात्रै गराएको हुनाले शंकास्पद मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार